काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि छनौट भएका म्यादी प्रहरीको तालिम सुरु भएको छ।
तालिम सोमबारदेखि सुरु भएको हो। सरकारले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी माग गरेकोमा झण्डै तीन गुणा बढी आवेदन परेका थिए।यही चैत १५ गतेदेखि म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु भएको थियो। जसको नतिजा चैत २२ गते प्रकाशित भएको थियो।म्यादीका लागि पास भएकाहरुको आजदेखि तालिम सुरु भएको हो। चुनावका लागि सुरक्षाकर्मी अपुग हुने हुँदा सरकारले यसअघि पनि निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना गर्ने गरेको थियो।


















