नेकपा कास्कीको २१ औं पुर्ण बैठक सम्पन्न

158

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी कास्कीको २१ औं पुर्ण बैठक जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उमा भुजेलको प्रमुख आथित्यतामा विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

बैठकले आगामी स्थानिय निर्वाचनलाई एक सङ्घर्षको मोर्चा बनाउदै जनपक्षिय र राष्ट्रवादी, एम.सी.सी विरोधी उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने तथा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय एकमतले गरेको छ । बैठकले जिल्लाको आयव्याय अनुमोदन गर्नुका साथै विभिन्न साङ्गठनिक निर्णहरु पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here