बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ

99

रुपन्देही  ।  बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।

गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here