भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

112

सिरहा ।  लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका-९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय 2 लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर-गहनाहरु फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here