बुद्ध जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

102

भैरहवा- प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर नयाँ विमानस्थलमा आयोजित कार्यक्रममार्फत उहाँले विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

त्यसअघि आजै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको थियो । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०९२३३ विमानले सोमबार बिहान ७ बजे १ सय ७४ यात्रुसहित अवतरण गरेको हो ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा तीन दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

सन् २०१४ मा विमानस्थल आयोजना प्रारम्भ भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउँदै लैजाने बताइएको छ ।

पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान नागरिक उड्डयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उड्डयनका महानिर्देशक प्रदिप अधिकारीले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here