स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

44

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै माछापुच्छे बैंकको मादी गाउँपालिका–१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौं, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दर्खास्त दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here