कामनपाले नक्सापास नगरी बनाइएकाे अवैध संरचना भत्कायाे

82

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ ।

महानगरले नक्सा पास नगरी बनाइएका अन्डर ग्राउण्डका संरचना खाली बनाउने अभियान थालेको हो ।

महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मल र आरबी कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको हो।

महानगरका मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली काठमाडौं मल पुगेको थियो ।

महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यसअघि महानगरपालिकाले बानेश्वर क्षेत्रका अवैध संरचना भत्काएको थियो ।

महानगरले पार्किङलाई अन्यमा प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेरी गरेपछि महानगरले अनधिकृत संरचना भत्काएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here