चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा

64

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाएका छन् ।

आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले भने– ‘चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा भएको छ, सत्ता गठबन्धनले जसरी दम्भ देखाएको छ, त्यसले यही संकेत गर्दछ ।’ चुनाव आउन अझै समय बाँकी छ, तर गठबन्धनले अहिलेदेखि नै दम्भ प्रदर्शन ग¥यो भन्दै ओलीले यो चुनावको माहोल बिगार्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दललाई बिर्सेर मनलाग्दी गर्न नहुने भनाइ राखेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। ओलीको यो भनाइ सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लक्षित थियो भन्दै पौडेलले ‘यो देशमा एमाले भन्ने पार्टी पनि छ नि प्रधानमन्त्रीजी’ भनेर ओलीले प्रधानमन्त्री देउवालाई सजग गराएको बताए ।

‘यो कुरा बिर्सेर सत्यनिरुपण तथा मेलमिलाप तथा बेपत्तासम्बन्धी आयोगमा मनलाग्दी गर्ने?, ओलीको प्रश्न थियो– ‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो?’ एमाले अध्यक्ष ओलीले उठाएको तेस्रो विषय थियो– नागरिकता विधेयक ।

उनले प्रधानमन्त्री देउवासँग नागरिकता विधेयक रोक्न र महंगी नियन्त्रणबारे आग्रह गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here