उनले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे नेता डा.कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए । उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहीनताको अन्त्य चाहेको धारणा राखे ।
कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे । क्षेत्र नं ६ का सभापति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाईँ र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राखे । RSS

















