आज सुदूरपश्चिममा सार्वजनिक बिदा

72
सुदूर पश्चिममा आज सार्वजनिक विदा दिइएको छ। गौरा पर्वको बिदा कटौती गरेको प्रदेश सरकारको चौतर्फी विरोधपछि बिदा दिइएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।

‘प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७१।०५।१६ गतेको बैठकबाट मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले भने।

सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक विरोध भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here