काठमाडाैं । सर्वसाधारणका लागि पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक २५ गतेबाट निष्कासन हुने भएको छ | यस कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता सेयर आइपीओ जारी गर्न लागेको हो |
जसमा (५ % ) २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र (२%) १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।
कात्तिक २५ गतेदेखि खुल्ने यस आइपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिनेछ । पिपुल्स हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ | रेटिङ एजेन्सी इक्रा कियर नेपालले यस कम्पनीको आइपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।


















