दक्षिण अमेरिकी देश चिलीमा एउटा सुगाले एक पत्रकारको एयरफोन चोरे

45

एजेन्सी । दक्षिण अमेरिकी देश चिलीमा एउटा सुगाले एक पत्रकारको एयरफोन चोरेको छ । यसको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो घटनाको सबैभन्दा रोचक पक्ष के हो भने पत्रकार एक शहरमा भएको चोरीको घटनाबारे रिपोर्टिङ गरिरहेका थिए । त्यति नै बेला उनको इयरफोन चोरी भएको हो । पत्रकार निकोलस क्रुम्मको यो भिडियोमा जेने हेलहेड नामकी महिलाले सेयर गरेकी हुन् । भिडियोमा निकोलस कुनै शहरमा भएको चोरीको घटनाबारे लाइभ रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । त्यति नै बेला सुगा उनको काँधमा आएर बस्छ । १० सेकेन्डपछि सुगा उनको इयरफोन लिइर उड्छ । जानकारीका अनुसार केही टाढा सुगाले उक्त इयरफोन खसालिदिएको र त्यो रिपोर्टरले भेटिसकेका छन् ।

 

 

जब प्रस्तोताको मुखमा झिंगा पस्यो

रिपोर्टिङका ​​क्रममा भएको यो पहिलो हास्यास्पद घटना होइन । विगतमा पनि यस्ता केही घटना भएका छन् । सेप्टेम्बर २०२२ मा क्यानडामा कार्यक्रम प्रस्तुत गर्दा एक महिला पत्रकारको मुखमा झिंगा पसेको थियो । घटना ग्लोबल न्युज च्यानलकी एन्कर फराह नासिरसँग भएको हो । समाचार पढ्दै गर्दा उनले हावामा उडिरहेको झिँगा निलेकी थिइन् ।

 

 

 

कुकुरले महिला रिपोर्टरको माइक खोस्यो

अप्रिलमा मस्कोमा प्रत्यक्ष प्रसारणको क्रममा एक कुकुरले एक पत्रकारको माइक खोसेको थियो । रिपोर्टर मौसम रिपोर्टिङ गरिरहेकी थिइन् । त्यसपछि एउटा कुकुरले हाम्फालेर रिपोर्टरको हातबाट माइक खोसेको थियो ।

पाकिस्तानी महिला पत्रकारले बच्चालाई थप्पड हानिन्

पाकिस्तानकी एक महिला पत्रकारले इदको अवसरमा रिपोर्टिङ गर्दा क्यामेराको अगाडि देदिएको भन्दै एक बालकलाई थप्पड हानेकी थिइन् । बच्चाले रिपोर्टरलाई तनाव दिइरहेका थिए, जसका कारण उनले आफ्नो नियन्त्रण गुमाइन् र बच्चालाई थप्पड हानिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here