आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु अनुपयुक्त

66

काठमाडौं ।  नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यावहारिक भएको बताएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषिउपज आलु तथ प्याज आायत निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रश्तुत भएको आर्थिक ऐन, २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकुल असर पर्ने बताउनु भयो। उहाँले देशमा महँगी बढीरहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गरे।

उनले यो अवस्थामा पूर्ण परिणाममा मुअ कर तिरेको भए पनि सम्पूर्ण वस्तुहरु बजारमा बिक्री गर्न असमर्थ हुने स्पष्ट पारे। हाल आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताए।

उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरे। यस्तो नीतिले व्यवसाय संकुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याज एक तिहाईले महँगिने बताए।

संघले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने भएकाले आर्थिक ऐन, २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हीतबिरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here