दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

76

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो ।
उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् ।

दक्षिणी सुडानका खासगरी हिंसा र बाढी पीडित नागरिकका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको प्रमुख मार्टिनले जानकारी दिएका छन् ।उनकाअनुसार यहाँ पछिल्लो समयमा दुई लाख ६२ हजार जनाभन्दा बढी नागरिक हिंसा र बाढीबाट पीडित भएका छन् । उनीहरु गाँस र बासको पनि व्यवस्था नभएकाले देशभित्रै विस्थापित भएर शरणार्थीका रुपमा बसेका छन् ।

उनीहरुको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उनले जानकारी दिएको हो ।आप्रबासन सम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष लगायतका संघसंस्थाहरुले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए ।

ती संस्थाहरुले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here