परिवार बचाउनका लागि कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्वजनिक गरेका थिए ।
बुधबार विहान डा. अनिलले मृतक आचार्यको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘प्रेमजीको घटनाले स्तब्ध छु । मैले केही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि उहाँको छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला ।’




















