सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सयका दरले बढ्याे

39

काठमाडाैं । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले बढी हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो भने बुधबार १३ सय ७० रूपैयाँमा कारोबार भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here