अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटाउदा निगमले के गर्छ ?

96
GOMEL REGION, BELARUS. NOVEMBER 10, 2014. Nodding donkeys at a drilling site in the Rechitskoye oil field operated by Belorusneft. Viktor Drachev/TASS Белоруссия. Гомельская область. 11 ноября. На нефтяном месторождении нефтегазодобывающей компании "Белоруснефть". Виктор Драчев/ТАСС

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।

निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा तथा डिजेलमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।

डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here