राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाए

29

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।  आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए।

यो मन्त्रालयको जिम्मेवारी यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सम्हालेका थिए। यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यो मन्त्रालय यसअघि प्रधानमन्त्रीले नै राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here