काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु.१००० अंकित दरका १० बर्ष अवधिको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दैछ । ऋणपत्रको बार्षिक १० प्रतिशत ब्याजदर रहेको छ ।


















