प्रम भारत भ्रमणका क्रममा कूटीतिक मर्यादाहीन गतिविधि देखियाे

58

काठमाडौं । नेकपा (एमाले) का सांसद विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा कूटीतिक मर्यादाहीन गतिविधि देखिएको बताएकी छन्। राष्ट्रिय सभाको आजको बैठकमा भारत भ्रमणबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले यस्तो भनेकी हुन्।

‘कूटनीतिक राहदानी लिएर औपचारिक भ्रमणमा गएको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन्, दौरा सुरूवाल लगाएर गएको टोलीले प्रधानमन्त्रीको अगाडि बसेर मोबाइलबाट फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कूटनीतिक मर्यादा हामीले कहिले सिकाउने र हामीले कहिले सिक्ने ?,’ उनले भनिन्।

सीमा बाहेकको उपलब्धीबाहेक परराष्ट्रमन्त्री र परराष्ट्र सचिवको संयन्त्रले पनि गर्न सक्ने बताउँदै उनले प्रधानमन्त्रीले ठूलो टोली लगेर गर्नुपर्ने उपलब्धी नदेखेको बताइन्।

त्यस्तै उनले माहोल बिग्रन्छ भनेर इपिजी प्रतिवेदनको कुरा नउठाएकाप्रति पनि प्रश्न गरिन्।

‘माहोल बिगार्ने अचम्मको पोको के हो ? हामी जनताले कहिले हेर्ने ? सांसदले कहिले हेर्नेरु परराष्ट्रमन्त्रीकै हैसियतमा पनि बुझ्ने प्रयास गरौँ न त,’ उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here