काठमाडौं । हालै भारत भ्रमणका क्रममा उज्वैनस्थित महांकालेश्वर मन्दिरमा विधिवत् पूजा अर्चना गरी चर्चामा आएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पहिलो पटक पशुपतिनाथको पनि दर्शन गरेका छन्।
हिजाे शनिबार साँझ ६ः१० मा प्रचण्ड महांकालेश्वरमा उनीसँगै गएका परराष्ट्र, अर्थ, ऊर्जा मन्त्रीहरूसहित छोरी गंगालाई लिएर पशुपतिनाथ मन्दिर प्रवेश गरेका थिए।
उनीसँगै भारत यात्रामा नगएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती पनि पशुपति दर्शनमा सामेल भएका थिए। करिब ३५ मिनेटको पूजा अर्चनापछि प्रथानमन्त्रीको समूह मन्दिरबाट बाहिरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
खासगरी, सशस्त्र विद्रोहताका माओवादीले हिन्दूविरोधी गतिविधिमा लागेको, किरियापुत्रीहरूलाई मारेको, मन्दिरहरू तोडफोड गरी, संस्कृतका दुर्लभ ग्रन्थहरू जलाएको र गौहत्याजस्ता कार्य अगाडि बढाएको आरोपसहित त्यसमा क्षमायाचनाको माग पनि हुँदै आएको छ।


















