सरकारको २० वर्ष पुराना सवारीसाधनहरू हटाउने निर्णयविरुद्ध विरोध

77

काठमाडौं । २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन्।

विभिन्न यातायात समिति तथा व्यवसायी आवद्ध राष्ट्रवादी केन्द्र नेपालले गरेको आन्दोलनले काठमाडौंको माछापोखरी आज तनाव ग्रस्त बनेको छ।

आन्दोलनका कारण बालाजु माछापोखरी सडक खण्डबाट आवत जावत हुने सवारी अवरुद्ध भएको छ। साथै आन्दोलन क्षेत्र बालाजुको माछापोखरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here