सिआइबीले बयान नलिई पूर्व भूमि सुधार मन्त्री चन्द्रदेव जोशीलाई फर्काइदियो

32

काठमाडाैं । पूर्व भूमि सुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान नलिइकन फर्काएको छ।

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बयानका लागि बोलाएपछि जोशी सिआइबीको कार्यालय पुगेका थिए। तर डिएसपी रुगम कुँवरले आज व्यस्त रहेको भनेर उनलाई फर्काइदिएका हुन्।

‘फोन आएपछि छोरा अरुणलाई लिएर म त्यहाँ पुगेको थिएँ। तर मलाई आज बयान नलिइकन फर्काइएको छ,’ जोशीले भने, ‘आज पत्रकार भेटघाटमा रहेकाले अर्को दिन बोलाउने जवाफ आएको छ। मलाई फरारको सूचीमा नराखोस् भनेर म आफैं गएको हो।’

केही दिनअघि सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यको समेत फोन आएको उनले बताए।

जोशी २०६९ जेठ ३ गते मन्त्री भूमि सुधार मन्त्री बनेका थिए। २०६९ जेठ १४ गते पहिलो संविधान सभा विघटन भएसँगै जोशीले असोज ३ गते मन्त्री पदबाट राजीनामा दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here