आम जनता पार्टीमा रास्वपा चितवनको पूर्व सभापति सापकोटा प्रवेश

36

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा  आम जनता पार्टीमा प्रवेश गरेका छन्। सापकोटा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आमजनता पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले माला लगाएर स्वागत गरेका थिए। चितवन भरतपुर निवासी सापकोटा विगत १५ बर्ष देखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका छन्।  सो अवसरमा उनले पुरानो पार्टीहरूले देश बर्बाद गरिरहेकाले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर  पार्टी प्रवेश गरेको बताए ।

प्रभु साह नेतृत्वको आमजनता पार्टीले पछिल्लो समय सङ्गठन बिस्तारमा जुट्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here