एजेन्सी । साविक विश्व विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोट खेलमा पहिलो हार बेहोरेको छ। शुक्रबार बिहान घरेलु मैदानमै उरुग्वेसँग २–० ले पराजित भएको हो।
खेलको पहिलो हाफमा रोनाल्ड अराउजोको गोलमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा थप आक्रमक बन्दा अर्को गोल खान पुग्यो।
हारका बाबजुद अर्जेन्टिना तालिकाको शीर्षस्थानमा यथावत् रहँदा उरुग्वेले दोस्रो स्थानमा अंक दूरी बढाएको छ।
समान ५ खेलबाट अर्जेन्टिनाको १२ अंक र उरुग्वेको १० अंक छ।


















