१० किलो अवैध लागूऔषध गाँजा बरामद

16

 

बारा । सुवर्ण गाउँपालिका-२ नहर चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अन टेस्ट लेखिएको मोटरसाइकल र झोला छाडी अपरिचित व्यक्तिहरू फरार भएपश्चात उक्त झोला जाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here