पर्सा । पर्साको पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिलालाई नगरपालिकाले एक कार्यक्रमको बिच सम्मान गरेको छ ।
वडा नम्बर ७ मा रहेको श्री पदम महुबनी मा बि रानीगंजमा नगरपालिकाको वडा नम्बर १ देखी १० सम रहेका ७० जना एकल महिलालाई नगरपालिकाको नगर स्तरीय उप प्रमुखको बजेटबाट समान गरिएको छ ।
समान कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुरले आफु महिला भए पश्चात महिलाहरुको पीड़ा बुझी महिलाहरुलाई विषेश प्रथमिकता दियको बताएकी हुन ।
समान कार्यक्रम प्रधानाध्यापक संकर प्रसाद रौनियारको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख रूबी कुमारी ठाकुर , अतिथि वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , दिपक ठाकुर, सह सचिव भगवान साह कानू , ललन पटेल शिक्षक तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

















