सुनको मूल्य बढ्याे

27

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार थियो ।

आज चाँदीको मूल्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार एक हजार ६७५ रुपैयाँ किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here