तुवाँलोको प्रभाव हिमाली जिल्ला हुम्लामा पनि देखा पर्न थाले

6

सिमकोट । शनिबार हिमाली जिल्ला हुम्लामा तुवाँलोको प्रभाव देखिएको छ। देशभर लागेको तुवाँलोको प्रभाव हिमाली जिल्ला हुम्लामा पनि देखा पर्न सुरु भएको हो।

शुक्रबार केही कम देखिएको कारण हवाई सेवा सुचारु भएको थियो। तर शनिबार बिहानैबाट बाक्लो तुवाँलो लागेको कारण घाम समेत लागेको छैन।

सिमकोट बिमानस्थल क्षेत्र र प्रबेश गर्ने मनेलेक क्षेत्रमा शनिबार बिहानैबाट बाक्लो तुवाँलो लागेको कारण हवाई सेवा सुचारु हुने अवस्थानरहेको नागरिक प्राबिधकरण सिमकोट शाखाका प्रमुख महेन्द्र बहादुर सिंहले बताए।

यद्यपि, शनिबार हुम्लाका लागि कुनै पनि बायुसेवाको उडान तालिका रहेको थिएन। बाक्लो तुवाँलोको कारण बिजिविलिटी एक दमै कम भएपछि उडान हुन सक्ने अबस्था थिएन। हुम्लामा आगलागी नभएको भए पनि देशभर लागि रहेको आगलागीको कारण त्यसको प्रभाव हिमाली जिल्लामा पनि परेको छ। उनले अरु मौसम ठिकै भए पनि बिहानैबाट बाक्लो तुवाँलो लागेको कारण सिमकोट आसपासको क्षेत्रमा दुई सय मिटर दुरी पनि नदेखिने अवस्था रहेको बताए।

एकातिर जहाज काठमाडौं फर्किएको कारण कम उडान भई रहेको अबस्थामा मौसमको पनि दैनिक एक दुई हुने उडान समेत प्रभावित भएका छन्। उडान तालिका पनि नभए र तुवाँलो पनि लागेको कारण समस्या देखिएको छ। उडान नभएको कारण यात्रुहरु मर्कामा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here