वाग्मती प्रदेशको आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि छलफल सुरु

21

मकवानपुर । वाग्मती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि छलफल सुरु भएकाे छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१/०८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल सुरु हुनेछ । असार ८ गतेभित्रै बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जनाए ।

असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here