धितोपत्र बोर्डको अध्यक्षको उपस्थित भएपछि नियुक्तिमा अन्योल

28

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल भएको छ । कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा दोस्रो पटक बोलाइएका तीन जना हिजो पनि अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको हो ।

सर्ट लिस्टमा छानिएका पाँचजनामध्ये गएको आइतवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भएका थिए ।  राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित सिफारिस समितिले बाँकी तीन जना कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई हिजो कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि डाकेको थियो ।

हिजो पनि उनीहरू उपस्थित नभएपछि नियुक्ति प्रक्रिया अघि बढाउने/नबढाउनेबारे समिति अन्योलमा परेको हो । धितोपत्र ऐनमा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

सिफारिस समितिले कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा ४८ अङ्क तथा व्यावसायिक कार्ययोजना र शैक्षिक योग्यतामा ५२ अङ्क छुट्याएको छ । तर कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामै अनुपस्थित रहेका व्यक्तिलाई कसरी सिफारिस गर्ने भन्नेबारे समिति अन्योलमा परेको हो ।

अर्थतन्त्रको मुख्य सूचकका रूपमा मानिने पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो ६ महिनादेखि नेतृत्वविहीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here