सुनको भाउ आज बढ्याे

38

काठमाडाैं । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेकाे छ ।

आज सुनको भाउ छ सय रुपैयाँले बढेर ताेलकाे एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here