यस्ताे छ एनसेल ‘मेरो नम्बर, मेरै चोइस’ योजना

47

काठमाडाैं । एनसेलले ‘मेरो नम्बर, मेरै चोइस’ योजना ल्याएको छ।

योजना अन्तर्गत ग्राहकले आफ्नो रुचिको नम्बर खरीद गर्न मिल्ने छ । आफूलाई मन पर्ने अन्तिमका ६ वटा अंक रोजेर पनि मोबाइल नम्बर लिन सकिने कम्पनीले जनाएको छ।

महत्त्वपूर्ण मिति वा नम्बरलाई सधैंका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गर्ने अवसर प्रदान गर्न एनसेलले यो योजना ल्याएको हो। यस योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरू हुनेछ।

सीधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै चोइस’ क्लिक गरी अनलाइन बूकिङ गर्न सकिनेछ। यस्तै, हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर पनि लिन सकिने भएको छ।

एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले जीवनभर यादगार रहने गरी आफै मोबाइल नम्बर रोज्न सकिने विशेष योजना सञ्चालनमा ल्याइएको बताए। नौ लाखभन्दा बढी मोबाइल नम्बरबाट नम्बर उपलब्ध गराइने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here