फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने

55
Kylian Mbappe of France, front, clears the ball past Belgium's Yannick Carrasco during a round of sixteen match between France and Belgium at the Euro 2024 soccer tournament in Duesseldorf, Germany, Monday, July 1, 2024. (AP Photo/Martin Meissner)

काठमाडौं । फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने भएकाे छ ।

राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्स बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो। हारसँगै बेल्जियमको युरो कप यात्रा भने टुङ्गिएको छ।

त्यसैगरी पोर्चुगलले स्लोभेनियालाई फ्रान्कफर्टमा मंगलबार बिहान पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेर युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा तीन पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए । यो जीतसँगै पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here