काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।
उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ।


















