मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

30

काठमाडौं ।  गत ४ साउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ।

बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

निर्णयमा विदेश भ्रमण स्वीकृतिदेखि विदेशी अनुदान स्वीकार गर्नेसम्मका छन्।

बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, कृषिमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ।

cabinet2025-07-23-11-43-51-1753251760.jpeg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here