क्रिकेट टोली अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फिर्ता

17

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएकाे छ ।

अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज र साउथ अस्ट्रेलियामा पाँच वटा अभ्यास खेल खेलेर फर्किएको हो।

नेपालले टप एन्ड टी-२० सिरिजका ६ मध्ये ४ खेलमा पराजय र २ खेलमा जित निकालेको थियो। यस्तै साउथ अस्ट्रेलियाका ५ मध्ये नेपालले ३ खेलमा जित हात पारेको थियो।  आइसिसी टी-२० विश्वकप छनोटको तयारी गरिरहेको नेपालले असोजमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० सिरिज खेल्नेछ।

नेपाल र वेस्ट इन्डिजबीच असोज ११, असोज १२ र असोज १४ गते टी-२० खेल हुनेछ। सो खेल शारजाहमा हुने तय भएको छ।  त्यसपछि नेपाली टोली टी-२० विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा असोज २१ देखि विश्वकप छनोट हुँदैछ।

विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्। नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here