आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

17

काठमाडौं । सर्लाही, बलरा नगरपालिका-११ छतौना टोल बस्ने ६० वर्षीय परिक्षण बैठा समेत ३ जनाको घरमा गए राति आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२० सानो बसडिलवा गोठ बस्ने नन्द कुमार सिंहको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, बोदेबरसाईन नगरपालिका-६ पश्चिम टोल खमगाडा बस्ने बरस लाल राय र बद्रि रायको गोठमा मंगलबार राति आगलागी हुँदा दुवै जनाको गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, महांकाल गाउँपालिका-६ कन्या दमारस्थित कालिमान भुलुङको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँद करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here