आज सुनचाँदीको मूल्य घट्याे

2

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आन सुनको मूल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ५०३० मा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here