छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

12

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१२ बुद्ध चोकस्थित सडकमा स. ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय हेमन्त सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

चितवन, राप्ती नगरपालिका-२ गढ्यौलीस्थित सडकमा लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना. ६ ख ७६०४ नम्बरको तेल ट्याङ्करको ठक्करबाट  पैदलयात्री सोही ठाउँ  बस्ने ६० वर्षीय शंकर बहादुर प्रजाको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्वत, कुश्मा नगरपालिका-१४ अँधेरी कुनास्थित सडकमा ग.१ ज ५८६५ नम्बरको बलेरो पिकअप जीप अनियन्त्रित भई  सोमबार राति दुर्घटना हुँदा जीपमा सवार सोही नगरपालिका-१४ आर्थर बस्ने ५२ वर्षीय केशवराज पौडेलको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालक र जीपमा सवार १ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङ, लमही नगरपालिका-७ पदमिनि खोलास्थित सडकमा बा. ६५ प १८८४ नम्बरको मोटरसाइकल र लु. २ च ९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया गेरूवा गाउँपालिका-४ मैनापोखर बस्ने ३३ वर्षीय खिम तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, भैरवी गाउँपालिका-७ कालिगौंडास्थित सडकमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१-००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक समेत बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक कालिकोट शुभकालिका गाउँपालिका-५ बस्ने ३६ वर्षीय कल बहादुर रोकाय, ३९ वर्षीय मित्र सुनार र ५५ वर्षीया पुल्तिसरा विक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार मध्ये ३ जनाको जिल्ला अस्पताल दैलेख,१ जनाको सञ्जीवनी साईन्स हेल्थ प्रालि नेपालगंज र १ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here