चीनमा रेल दुर्घटना कारण ६ जनाको मृत्यु

301

एजेन्सी / मध्य चीनमा मालबाहक रेल दुर्घटनाका कारण छ जनाले अकालमा ज्यान गएको छ । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।

हेनान प्रान्तको गोन्यीमा भएको दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ । रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here