एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा...

मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान सन्चालन गर्ने भएको छ । वाईसीएल अध्यक्ष सुबोध शेर्पालीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने...

अन्त्यमा बासी म:म – चाउमिन नै रोजेकोमा, फिलिंग सरी रवीन्द्रजी।

८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’ उत्तरमा रवीन्द्रजीले भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको...

विधायिकी परीक्षणको अभ्यासलाई कार्यान्वयनमा

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण (ऐन कार्यान्वयन मापन)को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा गरेको छ । दुई प्रतिवेदन समितिले सभामा...

जसपा नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रममा जसपा काठमाडौं जिल्ला...

बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना...

यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्न नहुने...

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडाैं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएकाे छ। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको...

नागरिकतासम्बन्धी अधिकार प्रयोग गर्न ल्याईएको बिधेयकलाई अलपत्र पार्ने काम संविधानबिपरित

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा सुसासनको अनुभूति प्राप्त गर्नको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री...

‘म ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती...

RECENT POSTS

HOT NEWS