काठमाडौंको वातावरण व्यवस्थापनका चुनौती

353

राज्यलक्ष्मी शाक्य
पछिल्लो केही वर्षयता राजधानी काठमाडौंको वातावरण मानव बसोबासका लागि अत्यन्त हानिकारक बन्दै गएको छ । दिन प्रतिदिन बढ्दो प्रदूषणका कारण यहााका मानिसहरूलाई केही वर्षमा नै त्यसको गम्भीर असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । आखिर कसरी बन्यो त यहााको वातावरण यति विषालु ? यो प्रश्नको उत्तर हामीले हाम्रै सहरी व्यवस्थापन प्रणालीमा खोज्नुपर्ने हुन्छ । समग्रमा हेर्ने हो भने काठमाडौंको सहरी व्यवस्थापनको कुनै पनि योजना सरकारले तर्जुमा गरेको देखिादैन । सरकारले यदि कुनै योजना बनाएको भए पनि त्यसको कार्यान्वयन देख्न पाइादैन । यहीा नै औद्योगिक क्षेत्र छ, ठूल्ठूला अस्पताल, शिक्षा, व्यापारिक प्रतिष्ठानदेखि प्रशासनिक कामको लागि केन्द्र पनि काठमाडौं नै हो । त्यसकारण विगत दुई दशकको अवधिमा यहााको जनसंख्या दिन दुई गुणा रात चौगुणाको हिसाबले बढेको पाइन्छ ।
मान्छेको संख्या बढ्नेबित्तिकै आवासको संख्या पनि बढ्ने नै भइहाल्यो । अव्यवस्थित आवासका कारण सहर नै कुरूप बनेको छ । तर, त्यस्तो आवासको व्यवस्थापनका लागि भने सरकारले कुनै व्यवस्थित योजना सुरु गर्न सकेको छैन । केही समयअघिको केन्द्रीकृत शासन व्यवस्थाका कारण पनि काठमाडौंलाई आफ्नो कर्मभूमि बनाउनेहरूको संख्या बढेको पाइन्छ । त्यसरी बढेको जनसंख्यालाई व्यवस्थापन गर्न नसक्दा अहिले सहर मानव बसोबासका लागि अयोग्य बन्दै गएको हो । हाल काठमाडौं वायुमण्डल नै जुनसुकै समयमा मानवका लागि हानिकारक बनेको छ । यसमा अत्यधिक जनसंख्या प्रमुख कारण हो । जनसंख्याकै कारण सवारीचाप पनि अत्यधिक छ । त्यसैगरी दैनिक निस्कने फोहोरको उचित व्यवस्थापन नहुादा पनि प्रदूषणको ग्राफ उकालो लागेको पाइन्छ ।

 
हालै मात्र सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार काठमाडौं सबैभन्दा बढी प्रदूषित सहरमा शीर्ष पााचभित्र परेको छ । प्रदूषणको अर्को कारण धूलाम्मे सडक पनि हो । विभिन्न आयोजनाका लागि सडक खन्ने गरिन्छ । तर, त्यसरी खनिएको सडकलाई मर्मतसम्भार गर्न भने कुनै निकायले चासो दिादैन । जसले गर्दा वर्षौंसम्म धूलाम्मे र हिलाम्मे बन्न पुग्छ । हाल काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तारको काम चलिरहेको छ । उक्त आयोजनाको पाइप बिछ्याउनकै लागि काठमाडौंका सडक खनिएको छ । तर, त्यसरी खनिएको सडकलाई यथाशीघ्र मर्मत भने गरेको पाइादैन । जसले गर्दा वातावरण प्रदूषण त भएको छ नै दुर्घटना पनि बढेको छ । केही समयअघि सर्वोच्च अदालतले नै त्यस्तो कामपश्चात् सडक मर्मत तुरुन्त गर्न आदेश नै दिनुपरेको थियो ।

 
सहरमा रुखबिरुवाको कमी हुादै जानु, खुल्ला स्थानको अभाव, सवारी साधनको चाप, बीस वर्षभन्दा बढीका गाडीहरू चलाइनु जस्ता कारणले पनि वातावरण प्रदूषणलाई बढाएको छ । यसरी वातावरण प्रदूषण बनेको समाचार दिनहुा जसो आइरहेको पाइन्छ । केही राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरूले त वातावरण प्रदूषण भयावह भन्दै प्रमुख समाचार बनाएर सम्प्रेषण गरेका छन् । यदि विकसित देशमा कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकाले यसरी समाचार सम्प्रेषण गर्ने हो भने त्यो राष्ट्रिय मुद्दा नै बन्थ्यो र सरकारले पनि यसबारेमा मन्त्रिपरिषद्मा छलफल गर्दथ्यो । तर, नेपालमा भने सरकारले पनि यसविषयलाई गम्भीरताको साथ लिएको छैन भन्ने उसका गतिविधिबाट नै पुष्टि भएको छ ।
वातावरण प्रदूषणका कारकहरूलाई हामीले बढावा दिादै आएका छौं । काठमाडौंका वरिपरिका डााडाकााडा पनि घरहरूले भरिन थालेको छ । सवारीसाधनलाई बाटो सााघुरो भयो भनेर बाटो फराकिलो गर्न लागिपरेका छौं । फूटपाथलाई सााघुरो बनाइरहेका छौं । यसले त प्रदूषणको कारण सवारीसाधनलाई हामी थप बढावा दिादै छौं । यसले वातावरण प्रदूषण गर्नुका साथै ट्राफिक जामको समस्या पनि आगामी दिनमा भयावह रूपमा देखिनेछ । बाटो विस्तार गर्नुका अर्थ अझ बढी सवारीसाधन थप्नु हो । यसले दुर्घटना, जाम र प्रदूषण मात्र बढाउाछ । यही समस्यालाई नै ध्यानमा राखेर कतिपय देशका प्रमुख सहरमा साइकललाई बढी महत्व दिइएको छ । त्यस्तो स्थानमा छुट्टै साइकल लेनको व्यवस्था गरिएको छ । सडकमा साइकललाई प्राथमिकता दिने गरिन्छ । काठमाडौंको सन्दर्भमा पनि अब साइकललाई प्राथमिकता दिन जरुरी देखिन्छ । जसले ठूलो सवारी साधन विस्थापित हुनेछन् । यसले पेट्रोल तथा डिजेल आयातमा खर्च भइरहेको अर्बौं रूपैयाा जोगिनेछ । मानिसको स्वास्थ्यमा सुधार आउनेछ । वातावरण प्रदूषणमा कमी ल्याउनेछ । दुर्घटनाको जोखिम कम हुनेछ । यस सागसागै सहरी व्यवस्थापनका अन्य दीर्घकालीन काम सुरु गर्ने हो भने अवश्य पनि हाम्रो सहरलाई पुन: सुन्दर बनाउन सक्छौं । [email protected] 

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here