काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख दीप बस्न्यातका छोरा कमल बस्न्यातको लगानी रहेको याख्खा ओभरसिजमा गत १० गते प्रहरीले छापा मारेको थियो ।
कालो धन सेतो बनाउने अखडामा पर्दा पछाडी दीप बस्न्यातको लगानी रहेको उक्त ओभरसिज उनका छोरा कमल बस्न्यात लगायतको एक समुहले संचालन गर्दै आएको छ ।
सो समुहले गोरखा ओभरसिज, मर्दन हुमन रिसोट कन्सल्टेनसी लगायत बैदेशिक अखडा सन्चालन गर्दैआएको छ । दीप बस्न्यातको लगानी पर्दा पछाडि रहेको छ । उनको अकुत सम्पतीका बारेमा अहिले सम्म सरकारले निगरानी बढाउन सकेको छैन् ।
अख्तियारका पुर्व प्रमुख दीप बस्न्यातले आफ्ना छोरालाई कुनै पनि हालतमा बचाइदिन परो भन्दै प्रधानमन्त्री एबं नेकपा अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भेटी अनुनय विनय गरेको उच्च स्रोतले जनाएको छ ।
काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेको थियो । मूख्य संचालक कमल बस्न्यात गुमनाममा पार्दै अर्का देखावटी संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको छ ।
ओभरसिजबाट प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । त्यसो त भीमबहादुर रोक्कालाई समेत महाराजगन्जबाट भाग्दै गरेको अवस्थामा लाजिम्पाट स्थित दरवारमार्गबाट प्रकाउ गरिएको प्रहरीको भनाइ छ ।
दीप बस्न्यातको कालो धनले नपुगेर बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा गरिव नेपाली युवासँग रोजगारका नाममा उक्त ओभरसिजले १ सय २५ रिंगिट (करिब १५ हजार) लिने गरेको थियो ।
माइग्रामको नेपालस्थित एजेन्ट रहेको उक्त म्यान पावर अबैध रुपमा रकम असुलीमा लिप्त भएपछि प्रहरीले छापा मारेको हो । म्यानपावरका अर्का संचालक अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेत फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतले पैसाको आडमा छोरालाई जोगाउन भित्रभित्रै कुरा मिलाई सकेको स्रोतको दावि छ । त्यसैगरि अर्का म्यान पावर ब्यावसायी कैलाश खड्का पनि फरार रहेको प्रहरी स्रोतको भनाई छ ।
















