बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल शिक्षक संगठन बर्दियाको संयोजकमा लक्ष्मी नारायण थारू चयन भएका छन् ।
संगठनको आयोजनामा आज बर्दियाको गुलरियामा आयोजना गरिएको अन्तरक्रिया तथा भेला कार्यक्रमको बिचमा भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको हो। उक्त छलफलले शिक्षक संगठनको ब्यापक तयारीमा सहित जिल्ला भेला गर्ने निष्कर्ष समेत निकालेको छ।
जिल्ला भेलाको तयारीका लागि आज लक्ष्मीनारायणको नेतृत्वमा पाँच सदस्यीय भेला तयारी कमिटी निर्माण गरेको छ। उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीकाठमाडौं केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज संकुलले सामाजिक, रूपान्तरणका लागि शिक्षकहरूको भौतिक र मेन्टल्ली दुबैलाई रूपमा तयार हुनुपर्ने बताए । उनले नेपाली कम्युनिष्ट आन्दोलनले हामीलाई युद्ध तयारीका काममा जोड, संगठनात्मक काममा ध्यान दिने विषयमा शिक्षा दिएको जानकारी गराए ।
त्यसैगरी पार्टी सेक्रेटरी लोकेशले शैक्षिक क्षेत्रको सुधारका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसले सामाजिक, राजनैतिक आन्दोनलाई उठान गर्न सघाउँने बताए। सेक्रेटरी लोकेशले जनवादी क्रान्तिमा शिक्षकले बौद्धिक स्तरबाट महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुनपर्ने बताए । उनले शिक्षक र पार्टी बीचको सम्बन्ध, शिक्षक र शैक्षिक आन्दोलन, शिक्षक र जनताको सम्बन्ध अन्तरनिहित भएकाले परिवर्तनका लागि सबै श्रमिक शिक्षकहरूलाई एक जुट हुन निर्देशन समेत दिए । कार्यक्रममा शिक्षक तथा पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको जनाइएको छ ।


















