काठमाडौं / हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका-२ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्नेक्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त परिमाणको सुन सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाएको छ ।


















