भक्तपुर / भक्तपुरमा ६० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० वर्षीया वृद्धालाई सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङका ३६ वर्षीय अमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
मङ्सिर २५ गते वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा विकलाई प्रहरीले बुधबार दिउसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















