सुर्खेत / कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि कमला उत्साह बोकेर पुन: भर्ना भएकी छन् । आफू मात्र होइन, एसएलसी पास भएकै वर्ष जन्मिएको छोरा सुशान्तलाई पनि सहपाठीका रूपमा कानुन अध्ययनमा डोर्याएकी छन् कमलाले ।
वीरेन्द्रनगर, पिपिराका कमला र १४ वर्षीय छोरा सुशान्त वीरेन्द्रनगरस्थित एडभान्स बेटर स्कुलमा कक्षा ११ मा कानुन अध्ययन गरिरहेको खवर आजको कान्तिपुर दैनिकमा छ । ‘म कानुन पढेर आफूजस्तै हिंसा खेपेका र अन्यायमा परेका महिलाको पक्षमा वकालत गर्न चाहन्छु,’ कमलाको यस्तो जवाफ सुनेपछि सँगै बसेका छोराले भने, ‘म भविष्यमा न्यायाधीश बनेर पीडितलाई न्याय दिन्छु ।’
आमाछोराको सपना फरकफरक भए पनि उनीहरूको कानुन प्रेरणा भने कमलाले खेपेको हिंसा नै हो । बिहेलगत्तै कमलाले जुन किसिमको हिंसा खेपिन्, त्यसले उनलाई जीवनप्रति निकै निराश बनायो । उनको मनमा ‘पढेर के काम रु’ भन्ने निराशाले डेरा जमायो । ‘अहिले सुर्खेतमै कानुन विषय आएको थाहा पाएपछि मैले पढाइलाई फेरि जोडेँ,’ उनले भनिन्, ‘यो पढेपछि अन्यायमा परेका महिलालाई कानुनी सहायता गर्ने र भविष्यमा स्वरोजगार हुने योजना बनाएकी छु ।’
आमाछोरा सँगसँगै पढेको लाभ निकै छ । कक्षाकोठामै अभिभावक हुँदा सुशान्त ढुक्क छन् । उनको ध्यान पढाइबाहेक अन्यत्र जाँदैन । ‘कापीकलम किन्ने, भर्नालगायत शुल्क कहिले तिर्ने, कसरी तिर्ने भन्ने ‘टेन्सन’ नै छैन,’ उनी भन्छन्, ‘ममी सँगै भएपछि मलाई पढाइबाहेक अन्यत्र ध्यान दिनै पर्दैन ।’कमलालाई पनि सजिलो छ ।
कहिलेकाहीँ घरव्यवहारले पढाइ छुट्यो भने के गर्ने भन्ने चिन्ता हुँदैन । साताअघि छोरी ९सुशान्तको बहिनी० बिरामी पर्दा कमला दुई दिन गयल भइन् । शिक्षक गीता कोइरालालाई चिन्ता लाग्यो अब कमलालाई छुटेको पाठ कसरी पढाउने रु ‘म यहीबारे सोचिरहेकी थिएँ, कमलाले त स्कुलमा पढाइ भएको सबै नोट छोराले दिइसक्यो पो भनिन्,’ कोइरालाले भनिन्, ‘आमा-छोरा सँगसँगै पढ्दाको फाइदा योभन्दा बढी के हुन सक्छ र ?’ साउन ३१ - यो दिन कमला– सुशान आमाछोराको जीवनमा विशेष थियो । उनीहरू पहिलोपटक एउटै कक्षामा एउटै विषय सँगसँगै पढ्दै थिए ।
एउटै कोठामा, तर फरकफरक बेन्चमा बसेर पढ्छन् । फर्किंदा भने सँगसँगै फर्किन्छन् । कमला भन्छिन्, ‘हामी आमाछोराको गन्तव्य एउटै हो, कानुन पढेर सामाजिक न्यायमा योगदान दिने ।

















