– हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को २०७५ मंसिर १२ देखि १७ सम्म रूपन्देहीको गढवामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर संघर्षबारे विभिन्न कार्यक्रमहरू गर्ने निर्णयहरू गरेको थियो, जसमध्ये फागुन १ गते युवा मोर्चाको देशव्यापी रूपमा रातो मार्चपास कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउने र फागुन महिनामा मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने थिए । त्यसको साथै हरेक प्रदेश तथा जिल्लाहरूमा स्थानीय विशेषताहरूमाथि आवश्यक ध्यान दिंदै वर्गसंघर्ष तथा प्रतिरोध संघर्षहरूलाई सृजनात्मक रूपमा विकसित तुल्याउने । निश्चित अवधिमा निश्चित कार्यक्रम सम्पन्न गर्ने थिए । साथै हरेक जवस मोर्चाहरूले आ–आफ्ना विशिष्ट मागहरू राखी विशिष्ट प्रकारका संघर्षहरूको सञ्चालन गर्ने र परिस्थिति र आवश्यकता अनुसार संयुक्त संघर्षहरू पनि चलाउने निर्णय अनुसार स्थानीय विशेषताहरूमाथि आवश्यक ध्यान दिंदै वर्गसंघर्ष तथा प्रतिरोध संघर्षहरूलाई सिर्जनात्मक रूपमा काठमाण्डौमा भ्रष्टाचारीमाथि कारबाही, बांके, बर्दिया तथा सिन्धुलीमा भूमाफियाहरूमाथिको जनकारवाहीहरू उल्लेखनीय रहे । त्यसैगरी गत फागुन १ गते युवा मोर्चाको देशव्यापी रूपमा रातो मार्चपास कार्यक्रम सफलतापूर्वक आयोजना गरि देशव्यापी रूपमा मनायो भने यही फागुन ७ गते मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने कार्यक्रम अनुसार यही ७ देखि २१ गतेसम्म तराई र भित्रीमधेसका जिल्लाहरूमा ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौ’ भन्ने मूल नाराका साथ मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानको उद्घाटन नेपालको चार ठाउ“–झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डा चौकि, पोखरा र काठमाण्डौको शान्तिबाटिकामा जनसभाद्धारा उद्घाटन गरेको छ ।
फागुन १ गतेको कार्यक्रम भनेको महान जनयुद्ध सुरु भएको दिनको सम्झना हो, यसको अर्थ २०५२साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयॉ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ, विद्रोह जनताको अधिकार हो जनयुद्ध जिन्दावाद–नेकपा(माओवादी)’ लेखिएको यो पहिलो पोष्टरलाई फेरि एक पटक पढौं भन्ने नै हो तर पार्टीले त्यही रूपमा र त्यही तरिकाले अब नेपालमा क्रान्ति हुँदैन र नेपालको विशेषतामा आधारित क्रान्ति भनेको छ । तै पनि त्यो पोष्टरको महत्व अहिले पनि छ र अहिले पार्टीले वर्तमान प्रतिक्रियावादी सरकार र संविधानको विकल्प नेपाली जनतालाई दिएको छ, त्यो भनेको संघीय जनगणतन्त्र नेपालको स्थापना नै हो । लोकतान्त्रि गणतन्त्र जसलाई संसदीय व्यवस्था पनि भनिन्छ, त्यो एउटा प्रतिक्रियावादी व्यवस्था हो र यो नेपालमा मात्रै नभई विश्वभर नै असफल भइसकेको व्यवस्था हो । त्यसले नेपाल र नेपाली जनताको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाइ हल गर्न सक्दैन् भन्ने स्पष्ट भएको छ र यसैको परिणाम नेपाल झन झन पराधिनतातर्फ धकेलिंदै गएको छ । दलाल तथा नोकरशाहाहरू दिन दिनै आर्थिक उन्नतीको उच्च शिखरतर्फ उक्लीरहेका र नेपाली जनता गरिबीको रसातलमा भासिदै गइरहेका छन् ।
नेपाली जनयुद्ध, सशस्त्र विद्रोह तथा जनआन्दोलनहरूमा साहादत प्राप्त गर्ने हजारौ सहीद, वेपत्ता योद्धा परिवार र घाइते, अपांगहरूको अपमान सिवाय यो ओली सरकारले केही गर्न र दिन सकेको छैन् । वाइड बोडी प्रकरणमा अरवौ भ्रष्टाचार गर्ने मन्त्रीलाई काखि च्यापेर अहिले ओली हिंडिरहेका छन् । उनको र उनको सरकारको विरुद्ध बोल्ने र बोल्न चाहने सबैमा नियन्त्रण गर्ने विभिन्न काला कानुनहरू बनाउन नै उनको सरकार व्यस्त छ । त्यसैले उनको विकल्पको आवश्यकता देखिएकोछ । तर उनको बिकल्पमा दाहाल, नेपालआदि कोही हुन सक्दैन र संसदीय व्यवस्थाको विकल्प अब संसदीय व्यवस्था होइन, नेकपा(क्रान्तिकारी माओवादी)ले अगाडि सारेको आन्दोलनको नारा– ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौ’ भन्ने नै हो भन्ने स्पष्ट भएको छ । [email protected]


















