नाइजेरियामा २९ जना मारिए

146

एजेन्सी/अबुजा–नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चारवटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको कजुरु क्षेत्रमा चारवटा गाउँमा भएको यस आक्रमणमा परी अन्य दुई प्रहरी घाइते हुनुका साथै ४० वटा घरमा आगजनी गरिएको सो राज्यको प्रहरी प्रमुख अहमद अब्दुर रहमानले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । बन्दुकधारीले गाउँगाउँ घुम्दै घरहरुमा आगजनी गरेको र स्थानीयबासीलाई गोली प्रहार गर्दै गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । कुदुना राज्य सरकारका अनुसार सुरक्षा निकायले स्थिति नियन्त्रण गर्न सो इलाकालाई घेरा लगाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here